Rule 4
व्यहोरा सच्याउने
(१) नियम ३ बमोजिम दर्ता भएको विवरणमा कुनै कुरा सच्याउनु परेमा रचयिता, ध्वनिअङ्कन, प्रस्तुति वा प्रशारणका धनीले यसको कारण खुलाई रजिष्ट्रार समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा व्यहोरा सच्याउन मनासिब देखिएमा रजिष्ट्रारले सो विवरण दर्ता किताबमा सच्याई त्यसको जानकारी निवेदकलाई दिनु पर्नेछ ।